राप्रपा महाधिवेशन– राति १० बजेसम्म मतदान, एक जनालाई १०– १५ मिनेट लाग्ने

काठमाण्डु टुडे २०७८ मंसिर १८ गते १३:१८ मा प्रकाशित

काठमाण्डु, १८ मंसिर– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा मतदान सुरू भएको छ। अध्यक्ष पदका उम्मेदवार राजेन्द्र लिङ्देनले मतदान गरेका छन्।बिहानै ११ बजेदेखि सुरू गरिने भनिए पनि राप्रपा मतदान झन्डै १२ बजेबाट  भृकुटीमण्डपमा सुरू भएको हो।

अध्यक्षबाहेक पदाधिकारी र केन्द्रीय सदस्यहरूका लागि इलेक्ट्रोनिक बुथ राखिएको छ। एक पटकमा ८६ जनाले भोट हाल्न सकिने गरी ८६ वटा मतदान बुथ राखिएको निर्वाचन समिति सदस्य राजु बस्नेतले जानकारी दिए ।

‘एक जनालाई १०– १५ मिनेट लाग्ने भएकाले राति १० बजेसम्ममा मतदान सकिन्छ भन्ने अपेक्षा राखेका छौं,’ उनले भने– ‘मतदान सकिएपछि गणना सुरू गर्दा राति ११ बज्न सक्छ ।’

उनका अनुसार मतपरिणाम दुई घन्टाभित्र आउने छ। अध्यक्षसहित सबै पदाधिकारी तथा सदस्यको मतपरिणाम एकैसाथ आउने उनले बताए। राप्रपामा १४९ जनाका लागि उम्मेदवारी संख्या २७० परेको छ। मतदाता संख्या ४ हजार ३८० जना रहेका छन्। राप्रपामा एक अध्यक्ष, चार उपाध्यक्ष, तीन महामन्त्री र १४१ जना सदस्यका लागि मतदान भइरहेको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us