सर्वोच्चमा कायम मुकामय प्रधानन्यायाधीश तोक्न शाक्यको सुझाव

काठमाण्डु टुडे २०७८ मंसिर १६ गते १३:१४ मा प्रकाशित

काठमाण्डु, १६ मंसिर– सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्यले पहिले सर्वोच्च अदालतमा कायम मुकामय प्रधानन्यायाधीश तोक्न सुझाव दिएका छन् ।

उनले पहिले कामु प्रधानन्यायाधीश तोकेर मात्र गोलाप्रथा सुरु गर्न सुझाव दिएका हुन्। बुधबारदेखि सर्वोच्चमा गोलाप्रथाबाट पेसी तोक्ने भनिएपनि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा बिरामी परेकाले गोलाप्रथा सुरु भएन। सर्वोच्चमा हाल कसैलाई कामु प्रधानन्यायाधीश तोकिएको छैन।

‘चार दिनदेखि सर्वोच्च प्रधानन्यायाधीशविहीन छ। न्यायाधीशले चासो नदिएको हो कि प्रशासन नभएको हो। वरिष्ठतम न्यायाधीश कामु प्रधानन्यायाधीश हुने कुरा संविधान छ। स्वतस् हुने भएपछि प्रश्न कसले निर्णय गर्ने भन्दा प्रशासनले जानकारी दिने हो। जानकारी दिएपछि लिने हो’, छलफलमा दिएको सुझाव उल्लेख गर्दै उनले भने, ‘दीपककुमार कार्कीले कामु प्रधानन्यायाधीशको जिम्मेवारी लिनु पर्छ। तपाईंहरूले आज निर्णय गर्नुपर्छ। आज कामु तोक्नुस् अनि मात्र पेसीको गोला तान्न जानु होला।’ शाक्यले वरिष्ठत न्यायाधीश कामु प्रधानन्यायाधीश हुने संविधानमै व्यवस्था भएकाले न्यायाधीश दीपककुमार कार्कीलाई कामु प्रधानन्यायाधीश तोक्न माग गरे।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us