चितुवाको छालासहित तीन जना पक्राउ

काठमाण्डु टुडे २०७८ मंसिर १५ गते १७:३२ मा प्रकाशित

काठमाण्डु, १५ मंसिर– चितुवाको छाला सहित प्रहरीले काठमाडौंबाट ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको शिवपुरी गाउँपालिका घर भएका २८ वर्षीय विशाल तामाङ र विनोद तामाङ तथा चितवन घर भएका कामी सिंह स्याङतान छन् ।

उनीहरुलाई काठमाडौं महानगरपालिका–९ स्थित एयरपोर्ट सेकुवा कर्नरबाट पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जानकारी दिएको छ । प्रहरीले उनीहरुको साथबाट एक थान चितुवाको छाला बरामद गरेको छ ।

मंगलबार आरोपीहरु चितुवको छाला बेच्नका लागि एयरपोर्ट सेकुवा कर्नरमा गएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us