नेपालमा एचआइभी/एड्सको सङ्क्रमण दर घट्यो

काठमाण्डु टुडे २०७८ मंसिर १४ गते १७:२७ मा प्रकाशित

काठमाण्डु, १४ मंसिर–  नेपालमा एचआइभी एड्स सङ्क्रमण दर घटेको एक अध्ययनले देखाएको छ । विगत १० वर्षको तथ्याङ्क हेर्दा सङ्क्रमण दर घटेको अध्ययनले देखाएको हो ।

राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले विश्व एड्स दिवसको अवसरमा मंगलबार आयोजित ‘नेपालमा एचआइभी र एड्सको अवस्था’ विषयक अन्तक्र्रिया कार्यक्रममा १० वर्षको अन्तरमा सङ्क्रमण दर ६३ प्रतिशतले घटेको केन्द्रका निर्देशक डा सुधा देवकोटाले जानकारी दिइन् ।

यस्तै सन् २०१० मा २१५ जना बालबालिकामा सङ्क्रमण रहेकामा सन् २०२० मा पुग्दा ८० बालबालिमामा मात्र रहेको पाइएको छ । यस्तै सन् २०१० मा एड्सका कारणले एक हजार ४१३ जना मानिसको निधन हुने गरेकोमा त्यो सङ्ख्या सन् २०२० मा पुग्दा ६३६ जनामा झरेको छ ।

नेपालमा अहिले एचआइभी सङ्क्रमितलाई ६१ जिल्लामा ८३ वटा एआरभी सेवा प्रदान गरिँदै आइरहेको छ । अहिले २० हजार ८८३ जनाले नियमित एआरभी सेवा औषधि सेवन गर्ने उनले बताइन्

यस्तै सुईद्वारा लागुऔषध प्रयोग गर्नेमा तीन प्रतिशतका दरले सङ्क्रमण रहेको पाइएको छ । यस्तै महिला यौनकर्मीमा २.२ प्रतिशत, पुरुष समलिङ्गीमा ६.२ प्रतिशत, भारतमा कामदार नेपालीमा पश्चिममा ०.३ प्रतिशत र सुदूरपश्चिममा ०.६ प्रतिशत सङ्क्रमण पाइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us