काठमाडौंको महाँकालबाट रक्तचन्दनको तेल सहित एक पक्राउ

काठमाण्डु टुडे २०७८ मंसिर १४ गते १२:१६ मा प्रकाशित

काठमाण्डु, १४ मंसिर– काठमाडौंको महाँकालबाट प्रहरीले रक्तचन्दनको तेल सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–६ हिम्दी घर भएका ३० वर्षीय छिरिङ शेर्पा छन् ।

बा.७ च ४११० नम्बरको कारमा सवार छिरिङको साथबाट ४ लिटर रक्तचन्दनको तेल बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us