राप्रपा महाधिवेशन : राजेन्द्र लिङ्देन बलियो बन्दै, प्रकाशचन्द्र लोहनीको समर्थन

काठमाण्डु टुडे २०७८ मंसिर १४ गते ११:४४ मा प्रकाशित

काठमाण्डु, १४ मंसिर–  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका राजेन्द्र लिङ्देनलाई डा. प्रकाशचन्द्र लोहनीको समर्थन प्राप्त भएको छ । युवा नेताहरूको समर्थनमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा लिङ्देनलाई लोहनीको समर्थन प्राप्त भएको हो । डा. लोहनीले मंगलबार सार्वजनिक कार्यक्रममार्फत लिङ्देनलाई समर्थन रहेको गर्ने तयारी गरेका छन् ।

हाल राप्रपामा कमल थापा, पशुपतिशमशेर जबरा र डा. लोहनी तीन जना नेतृत्वमा छन् । थापाले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरिसकेका छन् । तर, जबराले हालसम्म उम्मेदवारी घोषणा गरेका छैनन् । स्रोतका अनुसार जबराले पनि लिङ्देनलाई समर्थन जनाउने तयारीमा छन् ।नयाँ नेतृत्व नआएमा राप्रपाको अस्तित्व सकिने अधिकांश युवा नेताहरूको बुझाइ छ । राप्रपाको महाधिवेशन १५–१७ मंसिरमा हुँदै छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us