कांग्रेस सिन्धुपाल्चोकको अधिवेशन स्थगित

काठमाण्डु टुडे २०७८ मंसिर १४ गते १०:३७ मा प्रकाशित

सिन्धुपाल्चोक, १४ मंसिर–  नेपाली कांग्रेस सिन्धुपाल्चोकको जिल्ला अधिवेशन स्थगित गरिएको छ । १४-१५ मंसिरका लागि तय भएको अधिवेशन सोमबार साँझ एक सूचना प्रकाशन गरी स्थगित गरिएको जानकारी गराइएको हो।

निर्वाचन अधिकृत देवबहादुर बस्नेतद्वारा हस्ताक्षरित सूचनामा अधिवेशन स्थगित भएको जानकारी दिइएको छ । अधिवेशनको अर्को मिति भने उल्लेख छैन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us