एमाले महाधिवेशनः उम्मेदवारको नामावली सार्वजनिक

काठमाण्डु टुडे २०७८ मंसिर १३ गते १५:१८ मा प्रकाशित

काठमाण्डु, १३ मंसिर–  नेकपा एमालेको १०औँ महाधिवेशनका केन्द्रीय नेतृत्वमा आउने आकांक्षी उम्मेदवारको पहिलो सूची सूचना पार्टीमा टाँसिएको छ ।

उम्मेदवारी दर्ता सकिएको झन्डै ४ घन्टापछि महाधिवेशनस्थलमा केन्द्रीय निर्वाचन समितिले पहिलो चरणको उम्मेदवारको सूची सार्वजनिक गरेको हो ।पहिलो सूची सार्वजनिक गरेसँगै उम्मेदवारमाथि उजुरी, दाबी विरोधलगायतका प्रक्रिया सुरु हुनेछ भने उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिने प्रक्रिया सुरु गर्ने निर्वाचन समितिले जनाएको छ ।

पूर्वमाओवादी पक्षधरबाट उपाध्यक्षमा रामबहादुर थापा, सचिवमा टोपबहादुर रायमाझी र लेखराज भट्ट, खुल्ला केन्द्रीय सदस्यमा मणिचन्द्र थापा र प्रदेश २ क्लष्टरबाट प्रभु साह उम्मेदवार छन् भने सो समूहलाई अध्यक्ष ओली पक्षधरले बढी मात्रामा समर्थन जनाउने सम्भावना रहेको छ ।

उपाध्यक्ष थापाको स्थानमा घनश्याम भुषालले तथा रायमाझी र भट्ट प्रस्तावित रहेको सचिवको स्थानमा भीम आचार्य र टंक कार्कीले उम्मेदवारी दिएपछि चुनौती थपिएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us