लोकतन्त्रमा पार्टी कसैको कब्जामा हुँदैनः घनश्याम भुसाल

काठमाण्डु टुडे २०७८ मंसिर १३ गते ११:४७ मा प्रकाशित

चितवन, १३ मंसिर– एमाले नेता घनश्याम भुसालले लोकतन्त्रमा पार्टी कसैको कब्जामा नहुने बताएका छन् ।

एमालेको दसौं महाधिवेशनबाट उपाध्यक्ष बन्न सोमबार बिहान उम्मेदवारी दर्ता गराएका भुसालले दलाल पुँजीवादले एमाले सिध्याउँदै लगेको भन्दै क्रान्ति अपहरण गरेको बताए।

‘लोकतन्त्रमा पार्टी कसैको कब्जामा हुँदैन, लोकतन्त्रमा यस्तो देखिनु गलत हो। १० बुँदे भनेरमात्रै नबुझ्दिनु होला, हामी सबै स्वतन्त्र छौं,’ भुसालले भने।
उपाध्यक्षमा जित्ने दाबी गर्दै भुसालले आफूले प्यानलबाट नभएर व्यक्तिगत रूपमा उम्मेदवारी दिएको समेत स्पष्ट पारे।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us