एमाले सचिवमा कार्कीले दिए उम्मेदवारी

काठमाण्डु टुडे २०७८ मंसिर १३ गते ११:२४ मा प्रकाशित

काठमाण्डु, १३ मंसिर– नेकपा (एमाले)का नेता टंक कार्कीले सचिव पदमा उम्मेदवारी दर्ता गरेका छन् ।

सौराहमा चलिरहेको दशौं महाधिवेशनको बन्दसत्रमा केपी र्शा ओलीले सहमतिका लागि १९ पदाधिकारी र ३०१ केन्द्रीय सदस्यहरूको नामावली पेश गरेका थिए, जसमा सचिवमा टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, रघुवीर महासेठ, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट र पद्मा अर्यालको नाम छ ।कार्कीसँगै भीम आचार्यले पनि सचिवमा उम्मेदवारी दर्ता गराएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us