बस दुर्घटनामा एकको मृत्यु २३ घाइते

काठमाण्डु टुडे २०७८ मंसिर १३ गते ११:४५ मा प्रकाशित

झापा, १३ मंसिर–  कनकाई नगरपालिका–८ स्थित पूर्वपश्चिम राजमार्गको विरिङ पुलमा भएको सवारी दुर्घटनामा परी एकको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ५ ख ८०४१ नम्बरको बस आइतबार अनियन्त्रित भई पुलको रेलिङमा ठोक्किएर दुर्घटना हुँदा कनकाई–७ का १६ वर्षीय उत्सव पौडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइते भएकामध्ये ११ जनाको बिर्तामोडस्थित बिएण्डसी अस्पताल र १२ जनाको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ । घटनाबारे दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us