ओलीको सूचीमा असन्तुष्टि जनाउँदै तीन जनाले दिए उम्मेदवारी

काठमाण्डु टुडे २०७८ मंसिर १३ गते १०:३८ मा प्रकाशित

चितवन, १३ मंसिर– नेकपा एमालेका निवर्तमान अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मत रुपमा नेतृत्व चयनका लागि भन्दै तयार पारेको पदाधिकारीहरुको सूचीमा असन्तुष्टि जनाउँदै तीन जनाले उम्मेदवारी दर्ता गरेका छन् ।

उपाध्यक्षमा ओलीले युवराज भुसाल, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा ‘बादल’, विष्णु पौडेल र सुवास नेम्वाङलाई प्रस्ताव गरेका छन् । भने, उपाध्यक्ष पदमा घनश्याम भुसालले ओलीको सूचीलाई चुनौती दिँदै उम्मेदवारी दर्ता गराएका छन् । यस्तै सचिव पदमा भीम आचार्यले उम्मेदवारी दर्ता गरेका छन् ।

यस्तै,  पार्टीको दशौं महाधिवेशनमा निवर्तमान उपाध्यक्ष भीम रावलले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । ओलीले आफूलाई अध्यक्षका रुपमा प्रस्ताव गर्दै सूची बनाएका छन् । त्यसका विरुद्ध अध्यक्ष पदमा रावलले उम्मेदवारी दर्ता गराएका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us