दाङ काँग्रेसको सभापतिमा शंकरप्रसाद डाँगी निर्वाचित

काठमाण्डु टुडे २०७८ मंसिर १२ गते १६:३८ मा प्रकाशित

दाङ, १२ मंसिर– नेपाली काँग्रेस दाङको सभापतिमा शंकरप्रसाद डाँगी निर्वाचित भएका छन् । आइतबार डाँगी सभापतिमा निर्वाचित भएका हुन् । डाँगी रामचन्द्र पौडेल पक्षका मानिन्छन् । दाङमा सभापति पदका ४ उमेदवार रहेका थिए ।

हिजो भएको मतदानमा सभापतिका उम्मेदवारहरु शंकरप्रसाद डाँगीले ७ सय ७६, भुुपबहादुर डाँगीले ५ सय ४६, जानकीलाल बस्नेतले ४ सय ७१ र कमलकिशोर घिमिरेले ३ सय १५ मत प्राप्त गरेका थिए । बिजेता डाँगी केन्द्रमा पौडेल निकट भएपनि जिल्लामा भने दिपक गिरी निकट रहेका छन् । गिरी शशांक कोइराला निकट हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us