गुरुङ भन्छन्– अध्यक्ष पदबाहेक अन्यमा सहमति जुटिसकेको छ

काठमाण्डु टुडे २०७८ मंसिर १२ गते १६:२२ मा प्रकाशित

फाइल

चितवन, १२ मंसिर– नेकपा एमालेका नेता तथा पूर्व मूख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले लगभग सहमतिमै नेतृत्व चयन हुने विषयमा कुरा मिलिसकेको बताएका छन् । अध्यक्ष केपी शर्मा ओलीसँगको भेटपछि होटलको लबीमा पत्रकारहरुसँग कुरा गर्दै उनले अध्यक्ष पदका लागि सहमतिको प्रयास भइरहेको र अन्य पदाधिकारी तथा केन्द्रीय सदस्यको हकमा लगभग सहमति भइसकेको बताए ।

‘सहमतिका लागि प्रयास जारी छ,’ उनले भने, ‘अध्यक्ष पदबाहेक अन्यमा लगभग सहमति जुटिसकेको छ ।’ अध्यक्ष पदका लागि पनि सहमति जुटाउने प्रयास भइरहेको उनको भनाइ छ ।

उनले बाँकी रहेका विषयलाई पनि सहमतिमै टुङ्ग्याएर करिब एक घण्टापछि बन्दसत्र सुरु हुने पनि जनाकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us