यदि मलाई उपाध्यक्षमा राख्ने हो भने वरिष्ठ उपाध्यक्ष पद नै खारेज गरौंः नेम्वाङ

काठमाण्डु टुडे २०७८ मंसिर १२ गते १४:२२ मा प्रकाशित

चितवन, १२ मंसिर– नेकपा एमाले स्थायी समितिका सदस्य सुवास नेम्वाङले पार्टीको नयाँ नेतृत्व चयनका लागि अध्यक्ष केपी शर्मा ओलीले छलफल गरिरहेको बताएका छन् । सौराहास्थित ओली बसेको होटल पार्क सफारीमा अध्यक्ष ओलीसँग छलफल गरेर निस्किने क्रममा नेम्वाङले छलफल जारी रहेको बताए ।

नेम्वाङले पत्रकारहरुसँग भने, ‘अध्यक्षले छलफल गरिरहनुभएको छ, सहमति जुटिसकेको छैन ।’

पूर्व सभामुखसमेत रहेका नेम्वाङको सन्देश लिएर प्रदेश १ का पूर्वमुख्यमन्त्रीसमेत रहेका शेरधन राईले अध्यक्ष ओलीलाई भेटेको एक नेताले जानकारी दिए ।

नेम्वाङको तर्क छ, ‘मेरो नेता केपी ओली हो, म भन्दा सिनियर अरु छैन । यदि मलाई उपाध्यक्षमा राख्ने हो भने वरिष्ठ उपाध्यक्ष पद नै खारेज गरौं ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us