आफ्नै देवरको हत्या गरेर जलाएको आरोपमा भाउजू पक्राउ

काठमाण्डु टुडे २०७८ मंसिर ११ गते १२:५९ मा प्रकाशित

काठमाण्डु, ११ मंसिर– आफ्नै देवरको हत्या गरेर जलाएको आरोपमा दुई जना पक्राउ परेका छन् । जिल्लाको शारदा नगरपालिका–५ का ३० वर्षीय शेरबहादुर चन्दको हत्याको आरोपमा प्रहरीले आफ्नै भाउजू २६ वर्षीया लक्ष्मी र छिमेकी भाउजू नातामा पर्ने २५ वर्षीया राधा पौडेल चन्दलाई प्रहरीले पक्राउ गरेको हो ।

चन्दको शव आधा जलेको अवस्थामा घर नजिकैको बाँसघारीमा शुक्रबार फेला परेको थियो । मृतक चन्दको घरमा रगत देखिएकाले चन्दको हत्या गरी बाँसघारीमा जलाइएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ । चन्द गत वर्ष फागुनमा वैदेशिक रोजगारीबाट घर फर्किएको र श्रीमती माइतमा बस्दै आएको अनुसन्धानबाट खुलेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us