पदाधिकारीको व्यवस्थापनमा ओली, सर्वसम्मतिमा नेतृत्व चयन गर्न कार्यकर्ताको दबाब

काठमाण्डु टुडे २०७८ मंसिर ११ गते ११:४५ मा प्रकाशित

काठमाण्डु, ११ मंसिर–  एमाले अध्यक्ष केपी ओली पदाधिकारी व्यवस्थापनमा लागेका छन् । जसकारण बन्दसत्रमा ढिलाइ भएको छ । ओली बसेको होटल सफारी पार्कमै अहिले पदाधिकारी बैठक बस्दै  छन् । जसकारण बन्दसत्र अझै लम्बिने देखिएको छ ।

शनिबार बिहान १० बजे सेभन स्टारमा सुरू हुने भनिएको बन्दसत्र साढे ११ बजिसक्दा पनि सुरू भएको छैन । प्रतिनिधिहरू सबै ओलीलाई कुरिरहेका छन् ।

सौराहास्थित एमालेको १०औँ महाधिवेशनको बन्दसत्रस्थल बाहिर सर्वसम्मतिमा नेतृत्व चयन गर्न दबाब दिँदै नाराबाजी भएको छ । बन्दसत्रस्थल बाहिर ‘केपी ओली, हाइहाई’, ‘सर्वसम्मत हुनै पर्छ’, ‘नेकपा एमाले, जिन्दावाद’ लगायतको नारा लगाइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us