कांग्रेस महाधिवेशन : ३० भन्दाबढी जिल्लाको अधिवेशन आजदेखि

काठमाण्डु टुडे २०७८ मंसिर १० गते १०:२७ मा प्रकाशित

काठमाण्डु, १० मंसिर– नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत ३० भन्दा बढी जिल्लाको अधिवेशन आजदेखि शुरु भएको छ।

दुई वा सोभन्दा बढी निर्वाचन क्षेत्र रहेका जिल्लामा आजदेखि निर्वाचन प्रक्रिया अगाडि बढेको कांग्रेस निर्वाचन समितिका सदस्य गोपालकृष्ण घिमिरेले जानकारी दिए।हालसम्म ३० भन्दा बढी जिल्लामा अधिवेशन सम्पन्न भइसकेको निर्वाचन समितिका सदस्य घिमिरेले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us