कैलालीमा काँग्रेस अधिवेशन स्थगन

काठमाण्डु टुडे २०७८ मंसिर १० गते १०:०७ मा प्रकाशित

कैलाली, १० मंसिर–  नेपाली काँग्रेस कैलालीको अधिवेशन स्थगन गरिने भएको छ । मङ्सिर १० गते गर्ने भनिएको जिल्ला अधिवेशन पार्टीको आन्तरिक तयारी हुन नसकेकाले स्थगन गरिने प्रचारप्रसार समिति संयोजक नृप सुनारले जानकारी दिए ।

यही मङ्सिर १६ र १७ गते नेपाली काँग्रेसको सुदूरपश्चिम प्रदेश अधिवेशन धनगढीमै गर्ने तयारीका कारण  पनि जिल्ला अधिवेशन स्थगन गरिएको उनले बताए । मूल आयोजक समितिले नै प्रदेश अधिवेशनका लागि कैलाली जिल्लालाई जिम्मा दिएका कारण समस्या भएको उनले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us