शेरधन राईको एमाले सचिवमा दाबेदारी

काठमाण्डु टुडे २०७८ मंसिर ९ गते १६:०८ मा प्रकाशित

काठमाण्डु, ९ मंसिर– एमाले केन्द्रीय सदस्य एवम् पूर्वमुख्यमन्त्री शेरधन राईले आफू सचिवमा दाबी गरेका छन् । पार्टीमा सहमतिको लागि प्रयास हुँदा पनि आफ्नो दाबी सचिवमै रहने र निर्वाचन भएमा पनि सचिवमा उम्मदवारी दिने उनले बताए।

‘भोलि अधिवेशन उद्घाटन कार्यक्रम सकिएपछि पार्टी केन्द्रीय कमिटी बैठक बस्छ। त्यो बेलामा यसबारेमा छलफल हुन्छ होला,’उनले भने,’अन्तिमसम्म पनि सहमतिको लागि प्रयास जारी रहन्छ। सहमति हुने अवस्थामा आवश्यक परेमा पदाधिकारीको संख्या बढाउन सकिन्छ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us