म पार्टीको उपमहासचिवका लागि योग्य छुः विन्दा पाण्डे

काठमाण्डु टुडे २०७८ मंसिर ९ गते १४:२६ मा प्रकाशित

काठमाण्डु, ९ मंसिर– नेकपा एमालेकी केन्द्रीय सदस्य एवं प्रतिनिधि सभाकी सांसद विन्दा पाण्डेले पार्टीको उपमहासचिवमा दाबी गरेकी छन् । शुक्रबारदेखि सुरु हुने एमालेका दशौं महाधिवेशनमा आफूले उपमहासचिवमा लड्ने बताएकी हुन् ।

‘म पार्टीको उपमहासचिवका लागि योग्य छु,’ पाण्डेले  भनिन्,‘सहमति गरेर मनोनयनको व्यवस्था नै नगरे अर्को कुरा नत्र म उपमहासचिवमा उम्मेदवारी दिन्छु।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us