फ्रान्सको कालाइसमा डुंगा डुब्दा ३१ आप्रवासीको मृत्यु

काठमाण्डु टुडे २०७८ मंसिर ९ गते १३:५६ मा प्रकाशित

काठमाण्डु, ९ मंसिर– उत्तरी फ्रान्सको कालाइस भन्ने स्थानको सामुद्रिक किनारमा आप्रवासीहरु चढेको  डुंगा डुब्दा कम्तीमा पनि ३१ जना आप्रवासीको ज्यान गएको छ ।

स्थानीय समयानुसार अपरान्ह २ बजे उक्त डुंगा डुबेको र १५ ओटा शव पानीमा तैरिएको अवस्थामा निकालिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले बताएका छन् ।उक्त दुर्घटनालाई एकै स्थानमा भएको ठूलो दुर्घटनाका रुपमा लिइएको  छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us