थप ३३२ जनामा कोरोना संक्रमण पुष्टि, चारको मृत्यु

काठमाण्डु टुडे २०७८ मंसिर ८ गते १६:४३ मा प्रकाशित

काठमाण्डु, ८ मंसिर– देशभर थप पछिल्लो २४ घण्टामा ३३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।सोहि अवधिमा ७ हजार ५ सय ९० जनाको पीसीआर परीक्षण गर्दा ३०५ जना र २ हजार ३ सय ३० जनाको एन्टिजेन परीक्षण गर्दा २७जना गरी ३३२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै, कोरोना संक्रमणबाट चारको मृत्यु भएको छ भने २३२ जना निको भएका छन् ।

बुधबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख १५ हजार ४०१ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ५१३ पुगेको छ भने ८ लाख १ हजार १२२ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ३६९ जना रहेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us