डिसेम्बर पहिलो साता विवाह गर्दै विकी र कटरीना

काठमाण्डु टुडे २०७८ मंसिर ८ गते १४:२९ मा प्रकाशित

काठमाण्डु, ८ मंसिर– बलिउड अभिनेता विकी कौशल र अभिनेत्री कटरीना कैफको विवाहको खबरले उनका फ्यानहरु निकै खुशी छन् । उनीहरुले आधिकारिक रुपमा आफ्नो विवाहको बारेमा नबताए पनि विवाहको लोकेसनदेखि विवाहमा बोलाइएका पाहुनासम्मको नाम सार्वजनिक भइरहेको छ ।

उनीहरु डिसेम्बर ७ देखि ९ का बीच राजस्थानको सवाई माधोपुरको सिक्स सेन्सेस फोर्टमा विवाह गर्दैछन् । समाचारअनुसार विकी र कटरीनाले राजस्थानभन्दा अघि मुम्बईमा विवाह गर्नेछन् । उनीहरु राजस्थानमा विवाह गर्नु अघिल्लो साता मुम्बईमा कोर्ट म्यारिज गर्दैछन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us