२५ मंसिरभित्र सडक कालोपत्रे गर्ने सहमतिपछि रोकियो आन्दोलन

काठमाण्डु टुडे २०७८ मंसिर ७ गते १०:१० मा प्रकाशित

काठमाण्डु, ७ मंसिर–  ललितपुरस्थित हरिसिद्धि सडक लामो समयसम्म ठेकेदारले सडक कालोपत्र नगरेको बन्दै सडक बन्द गरेर आन्दोलनमा उत्रेका स्थानीयसँग सडकमै सहमति भएको छ ।

हरिसिद्धि सडक खुलाउन सोमबार साँझ पुगेका डिभिजन सडक कार्यालयका प्रमुख दिपेन्द पाण्डे, सडकका ठेकेदार कम्पनी सिएम कन्ट्रक्सनका प्रतिनिधि विक्रान्त केसी, ललितपुर २९ नम्बर वडाध्यक्ष गणेशकुमार महर्जनले २५ मंसिरभित्र कालोपत्रे गर्ने लिखित सहमति गरेका हुन् ।

वडाध्यक्ष महर्जनले यही २५ गतेसम्म प्रतिबद्धता अनुसार सडकको काम नभए फेरि स्थानीयले बन्द गर्ने धम्की दिएको बताए । सहमति अनुसार २ किलोमिटर सडक कालोपत्रे हुनेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us