काठमाण्डु, ३ मंसिर– सर्वोच्च अदालतले नेपाल बार एशोसिएशनद्वारा बिहीबार सर्वोच्च अदालत परिसरमा आयोजित विरोध कार्यक्रममा भएको घटनाप्रति दुःख व्यक्त गरेको छ ।
“सर्वोच्च अदालत परिसरमा आयोजित विरोध कार्यक्रमको क्रममा सिर्जना हुन गएको अप्रिय अवस्थाप्रति सर्वोच्च अदालत प्रशासन गहिरो दुःख व्यक्त गर्दछ”, सर्वोच्च अदालतद्वारा आज जारी प्रेस विज्ञप्तिमा भनिएको छ ।