विराटनगर, १ मंसिर– प्रदेश १ मा प्रमुख पतिपक्षमा रहेको नेकपा एमालेले प्रदेश सभामा संघदेखि प्रदेशमा सरकार बनाउन संख्या पुर्याउने दाबी गरेको छ ।
बुधबार मुख्यमन्त्री राजेन्द्र कुमार राईले विश्वासको मत लिनका लागि बोलाइए को संसद् बैठकमा प्रदेश सांसद तथा केन्द्रीय सदस्य हिक्मत कुमार कार्कीलेभने, ‘प्रदेश सभामा तपाईंहरुकै हारहारी सांसद एमालेसँग छ। समयक्रमा सरकारका लागि संख्या पुर्याउँला संघदेखि प्रदेशमा।’
एमाले महाधिवेशन केन्द्रित रहिरहेका बेला विश्वासको लिनका लागि हतारिएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे। एमालेको महाधिवेशन पछि विश्वासको मत लिनुपर्नेमा सत्ता पक्ष हतारिएको उनले बताए।