काठमाण्डु, १ मंसिर– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एक– दुई दिनभित्रै अदालतमा देखिएको विवाद समाधान हुने विश्वास व्यक्त गरेका छन् ।
महोत्तरीको रामगोपालपुर नगरपालिकामा आयोजित कार्यक्रममा सहभागी हुन आउने क्रममा बुधबार जनकपुर विमानस्थलमा पत्रकारसँग छोटो कुराकानी गर्दै उनले भने – ‘हामी अदालतबाटै एक– दुई दिनभित्र समस्या समाधान होस् भन्ने चाहेका छौं ।’