प्रधानन्यायाधीशले आफूसहित तोके इजलास

काठमाण्डु टुडे २०७८ कार्तिक २२ गते ११:१६ मा प्रकाशित

काठमाण्डु, २२ कात्तिक– प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराले सर्वोच्च अदालतका न्यायाधीशहरुसँग भएको अघोषित सहमति विपरित सोमबार (आज) आफ्नै लागि इजलास तोकेका छन् ।

प्रधानन्यायाधीश जबराले तिहार विदा सकिए लगत्तैको पहिलो दिन आफूसहित न्यायाधीश डा. कुमार चुडालको संयुक्त इजलास तोकेका हुन् । जबराले सोमबार ६ वटा इजलास राखेका छन् ।

यद्यपि ६ वटै इजलासमा बन्दी प्रत्यक्षीकरणका मुद्दामात्र छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us