ब्राउनसुगर सहित एक पक्राउ

काठमाण्डु टुडे २०७८ कार्तिक ९ गते १५:१३ मा प्रकाशित

बाँके, ९ कात्तिक– बाँकेको नेपालगन्जबाट लागु औषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेका छ । नेपालगन्ज उपमहानगरपालिका– १५ जमुनाबाट करिब १५ ग्राम अवैध लागु औषध ब्राउनसुगर सहित काभ्रेपलाञ्चोकको महादेवस्थान गाउँपालिका–३ बस्ने ३४ वर्षीय मान बहादुर रोकालाई प्रहरीले पक्राउ गरेको हो । भारतबाट आउँदै गरेका उनलाई प्रहारीले लागु औषध सहित पक्राउ गरेको हो ।

लागु औषध नियन्त्रण ब्युरो नेपालगन्ज र इलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनी पक्राउ परेको साथै घटना बारे थप अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us