काठमाण्डु, ८ कात्तिक– प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराबारे धारणा बनाउन सर्वोच्च बार एसोसिएसनको सल्लाहकार बैठक केही बेरमा बस्दैछ ।
यता सर्वोच्च अदालतका १४ जना न्यायाधीश पनि प्रधानन्यायाधीशबारे धारणा बनाउन छलफलमा छन्।
शुक्रबार पूर्वन्यायाधीशहरूले न्यायालयलाई समेत विवादित बनाउने गरी प्रधानन्यायाधीश राणाले काम गरेको भन्दै उनले निकास दिनुपर्ने नदिए उनीमाथि प्रतिनिधि सभाले छानबिन गर्नुपर्ने धारणा सार्वजनिक गरेका थिए।