न्यायाधीशले गरे इजलास बहिस्कार

काठमाण्डु टुडे २०७८ कार्तिक ८ गते १५:३२ मा प्रकाशित

काठमाण्डु, ८ कात्तिक– न्यायाधीशले इजलास बहिस्कार गरेका छन् । सोमबार पेस तोकिए पनि इजलास नै बस्न सकेन ।

सोमबार दशवटा इजलास तोकिँदा कुनै पनि इजलासमा मुद्दामाथि सुनुवाई भएन । प्रधानन्यायाधीशविरुद्ध वरिष्ठतम् न्यायाधीशहरूले थालेको अभियान अब इजलास बहिस्कारसम्म पुगेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणामाथि नैतिक प्रश्न उठेपछि  न्यायाधीशहरुको अनौपचारिक बैठकले फुलकोर्ट बैठक बहिस्कार गर्ने निर्णय गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us