हमाललाई मन्त्री बनाउन मेरो कुनै पनि संलग्नता छैनः प्रधानन्यायाधीश जबरा

काठमाण्डु टुडे २०७८ कार्तिक ७ गते १६:११ मा प्रकाशित

काठमाण्डु, ७ कात्तिक–  प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले गजेन्द्र हमाललाई मन्त्री बनाउनमा आफ्नो कुनै पनि संलग्नता नहरेको प्रष्ट पारेका छन् । प्रधानन्यायाधीशसमक्ष आज नेपाल बार एसोसिएसनका अध्यक्षसहित पदाधिकारीसँगको भेटमा उहाँले मन्त्री बनाउनका लागि कुनै पनि नेतालाई नभनेको बताए ।

उनले भने, ‘मेरो जेठानलाई मन्त्री बनाउनुस् भनेर मैले कहीँ पनि भनेको छैन, मेरो नाता पर्नु दुर्भाग्य हो, तर यसमा मेरो कुनै संलग्नता छैन’,  प्रधानन्यायाधीश राणाले न्यायालय सुधारका विषयमा बारले उठाउँदै आएका सम्पूर्ण विषयमा आफू गम्भीर रहेको र त्यसका लागि तत्काल काम सुरु गर्ने छलफलमा बताएकाे जनाइएको छ ।

समग्र न्यायालय सुधारका विषयमा सोमबार १ः३० बजे प्रधानन्यायाधीशसहित सर्वोच्च अदालतका सम्पूर्ण न्यायाधीशको पूर्ण बैठक (फूल कोर्ट) बस्ने र त्यस बैठकमा बार पनि सहभागी भएर बृहत् छलफल गर्ने तय भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us