एमाले कार्यालय थापाथलीबाट च्यासल सर्ने

काठमाण्डु टुडे २०७८ कार्तिक ७ गते १५:४९ मा प्रकाशित

काठमाण्डु, ७ कात्तिक– नेकपा एमालेको कार्यालय थापाथलीबाट ललितपुरको च्यासलस्थित तुल्सीलाल आमात्य स्मृति प्रतिष्ठानमा सर्ने भएको छ । आइतबार एमाले र प्रतिष्ठानबीच सहमति भएसँगै एमाले कार्यालय च्यासलमा सर्न लागेको एमाले महासचिव ईश्वर पोखरेलले जानकारी दिए ।

नेकपा (एमाले) र तुलसीलाल स्मृति प्रतिष्ठानका बीच आज महत्वपूर्ण समझदारी भएको र अब केही समय पछिदेखि नेकपा (एमाले)ले केन्द्रीय कार्यालयबाट सम्पन्न गरिने सम्पूर्ण कामहरू च्यासलबाटै हुने बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us