विराटनगर, ७ कात्तिक– प्रदेश १ को प्रदेश सभा बैठक कात्तिक १५ गतेसम्मका लागि स्थगित भएको छ।
प्रदेश सभा सचिवालयले आइतबार दिउँसो सूचना टाँस गर्दै अर्को बैठक कात्तिक १५ गते बस्ने जानकारी दिएको छ।
आजको बैठकमा मुख्यमन्त्री भीम आचार्यले पेस गरेको विश्वासको मत माग्ने प्रस्तावमाथि मतदान गर्ने कार्यसूची थियो।