लाखौँ धनमाल चोर्ने एक युवक पक्राउ

काठमाण्डु टुडे २०७८ कार्तिक ५ गते १७:४० मा प्रकाशित

काठमाण्डु, ५ कात्तिक– प्रहरीले काठमाडौं उपत्यकामा घर तथा सहकारी संस्थाहरुमा चोरी गर्ने एक युवालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले यसरी चोरीमा संलग्न भएको आरोपमा रामेछाप दोरम्बाका ३१ बर्षीय कमल थापामगर नाम गरेका युवालाई पक्राउ गरेको हो ।

मगरले सितापाइलास्थित निर्मल गिरीको घरबाट तीन लाख ५८ हजार नगद, सोही स्थानका विश्वनाथ खनालको घरबाट ३ लाख १० हजार, सीतापाइलाकै कृष्ण लामाको घरबाट ४ लाख ३० हजार, मुलपानीस्थित देवी बचत तथा ऋण सहकारीबाट २ लाख, कोटेश्वरस्थित हिलटप सहकारी संस्थाबाट १ लाख ३७ हजार ५ सय बराबरको धनमाल, स्वयम्भूस्थित रुपेश गलानको घरबाट ४ लाख ८० हजारको धनमाल,कागेश्वरीको दिदी सहकारीबाट २ लाख १० हजार चोरी गरेको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us