स्रोत नखुलेको १८ लाख र सुनसहित दुई पक्राउ

काठमाण्डु टुडे २०७८ कार्तिक ५ गते १४:०६ मा प्रकाशित

काठमाण्डु, ५ कात्तिक– सुनसरीको धरान उपमहानगरपालिका–२ स्थित रत्न रोडबाट प्रहरीले स्रोत नखुलेको १८ लाख नगद र सुन सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही उपमहानगरपालिका–१५ सगरमाथा लाइन बस्ने ४८ वर्षीय रामबहादुर श्रेष्ठ र धनकुटा महालक्ष्मी नगरपालिका–२ बस्ने ३४ वर्षीय चन्द्रप्रसाद श्रेष्ठ रहेका छन् ।

उनीहरुको साथबाट बिल नभएको २ सय ५८ ग्राम भन्दा बढी सुनका बाला बरामद गरेको साथै घटना बारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us