देशभर थप  ५९१ जनामा कोरोना संक्रमण पुष्टि, ९ को मृत्यु

काठमाण्डु टुडे २०७८ कार्तिक १ गते १७:३१ मा प्रकाशित

काठमाण्डु, १ कात्तिक– देशभर थप पछिल्लो चौबीस घण्टामा  ५९१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ७ हजार ६५४ जनाको पीसीआर परीक्षणमा ५२३ र २ हजार ४३ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ६८ जना गरि कुल ५९१ जनामा कोरोना पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ८ लाख ५ हजार ५६० र एन्टीजेन विधिबाट ९३ हजार ४३० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल नेपालमा सक्रिय संक्रमितको संख्या ११ हजार ८७४ मा झरेको छ ।

त्यस्तै, गत चौबीस घण्टामा मुलुकका विभिन्न अस्पतालबाट ९३७ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको कुल संख्या ७ लाख ८२ हजार ३९३ पुगेको छ । हाल नेपालमा निको हुने दर ९७ दशमलब १ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।

त्यस्तै गत चौबीस घण्टामा थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us