एमालेको वडा अधिवेशन शनिबारदेखि

काठमाण्डु टुडे २०७८ कार्तिक १ गते १५:४३ मा प्रकाशित

काठमाण्डु, १ कार्तिक–  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेको वडा अधिवेशन शनिबारदेखि सुरु हुने भएको छ । शनिबार पार्टी अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट सबै स्थानीय तहका वडाहरुको अधिवेशनको एकसाथ उद्घाटन गर्ने एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

हालै ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा सम्पन्न विधान महाधिवेशनले एमाले महाधिवेशनको कार्यतालिका तय गरेको थियो । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन मंसिर १० देखि १२ गतेसम्म बुटवलमा गर्ने कार्यतालिका तय गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us