पति पत्नीबीच कुटपिट हुँदा पतिको मृत्यु

काठमाण्डु टुडे २०७८ कार्तिक १ गते १३:३१ मा प्रकाशित

काठमाण्डु, १ कार्तिक– तेह्रथुममा पति र पत्नीबीच कुटपिट हुँदा पतिको मृत्यु भएको छ । छथर गाउँपालिका–३ ज्यामिरे बस्ने ५४ वर्षीय गोबिन्द बहादुर लिम्बु र उनकै पत्नी ५२ वर्षीया भक्तकुमारी लिम्बुबीच आपसी झगडा भई कुटपिट हुँदा गोबिन्द बहादुरको आइतबार राति मृत्यु भएको छ ।

उनीहरुबीच आफ्नै घरमा झगडा तथा कुटपिट हुँदा टाउकोमा चोट लागी गम्भीर घाइते भएका गोबिन्द बहादुरको छथर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै बेहोस अवस्थामा रहेकी भक्त कुमारीलाई सोही अस्पताल हुँदै थप उपचारको लागि धरान घोपा अस्पताल रिफर गरिएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us