थप ३ सय ९१ जनामा कोरोना संक्रमण, ६ को मृत्यु

काठमाण्डु टुडे २०७८ असोज ३१ गते १७:२० मा प्रकाशित

काठमाण्डु, ३१ असोज– थप पछिल्लो २४ घण्टामा ३ सय ९१ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ७७ जनामा कोरोना परीक्षण गरिएकोमा ३९१ जना नयाँ सक्रमित भेटिएका हुन् ।

सोही समयमा ६८० जना कोरोना मुक्त भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ । त्यस्तै हाल सक्रिय संक्रमितको संख्या १२ हजार २९७ रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us