खनाल वरिष्ठबाट बने सम्मानित नेता

काठमाण्डु टुडे २०७८ असोज ३१ गते १५:२३ मा प्रकाशित

काठमाण्डु, ३१ असोज– नवगठित नेकपा एकीकृत समाजवादीले झलनाथ खनाललाई सम्मानित नेता बनाएको छ । यसअघि नेता खनाललाई वरिष्ठ नेता भन्दै आएको सो पार्टीले हालै जारी अन्तरपार्टी निर्देशन (अपानीमा) मा नेता खनाललाई सम्मानित नेताको दर्जा दिएको हो ।

पार्टी अध्यक्ष माधवकुमार नेपालले जारी गरेको अन्तरपार्टी निर्देशनमा केन्द्रीय कमिटी सदस्य संख्या विस्तार गर्दै गरिएको कार्यविभाजनमा खनाल विदेश विभाग प्रमुखको जिम्मेवारीमा रहेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us