मुगु बस दुर्घटनामा मृतकको संख्या २८ पुग्यो

काठमाण्डु टुडे २०७८ असोज २६ गते १७:०५ मा प्रकाशित

मुगु, २६ असोज– मुगु बस दुर्घटनामा मुत्यु हुनेको संख्या २८ पुगेको छ ।

थप पाँच जनाको उपचारमा लैजाने क्रममा मृत्यु भएसँगै मृतक संख्या २८ पुगेको हो । घटनास्थलबाट उद्धार गरी उपचारका लागि नेपालगञ्ज ल्याउने क्रममा पाँच जनाको ज्यान गएको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिए ।

सुर्खेतबाट मुगु सदरमुकाम गमगढी जाँदै गरेको भे१ख ३१६७ नम्बरको बस छायाँनाथ रारा नगरपालिका–७ पिना झ्यारीखोलामा अपराह्न २ बजेतिर दुर्घटना भएको थियो ।
मृतकको सनाखत हुन बाँकी छ । घाइतेलाई उपचारका लागि हेलिकोप्टरमा नेपालगञ्ज ल्याइएको छ । घटनास्थलमा नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दा उद्धारमा खटिएका थिए । बसमा दसैं मनाउन घर हिंडेका ३९ यात्रु रहेको प्रजिअ महतले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us