मुगुमा बस दुर्घटना, २३ को मृत्यु

काठमाण्डु टुडे २०७८ असोज २६ गते १६:५६ मा प्रकाशित

मुगु, २६ असोज– मुगुको छायाँनाथ रारा नगरपालिका–७ पिना झ्यारीखोलामा मंगलबार भएको बस दुर्घटनामा २३ जनाको मृत्यु भएको छ ।

सुर्खेतबाट मुगु सदरमुकाम गमगढी जाँदै गरेको भे१(ख ३१६७ नम्बरको बस दुर्घटना भएको हो । दुर्घटनामा दर्जन बढी घाइते छन् । प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतका अनुसार बसमा दसैं मनाउन घर हिंडेका ३९ यात्रु थिए । मृतकको सनाखत हुन बाँकी छ ।

घाइतेलाई उपचारका लागि हेलिकोप्टरमा नेपालगञ्ज ल्याइएको छ । घटनास्थलमा नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दा उद्धारमा खटिएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us