बसको ठक्करबाट दुई महिलाको मृत्यु

काठमाण्डु टुडे २०७८ असोज २६ गते १२:०१ मा प्रकाशित

बाँके, २६ असोज- बाँकेको राप्तीसोनारीमा बसको ठक्करबाट दुई महिलाको मृत्यु भएको छ ।

काठमाण्डुबाट बैतडी जाँदै गरेको ना६ख ७४८४ नम्बरको बसको ठक्करबाट पैदलयात्री राप्तीसोनारी-८ बालापुरकी २६ वर्षीया चन्द्रा बुढाथोकी र ३४ वर्षीया गीता थारुको घटनास्थलमै मृत्यु भएको हो ।

ट्राफकि कार्यालय बाँके प्रमुख प्रहरी नरिीक्षक ऐनबहादुर मल्लका अनुसार घटना राप्तीसोनारी-८ परुवाखोला नजकिै भएको हो । प्रहरीले ठक्कर दिने बस र चाकललाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।

यसैबीच पीडितका आफन्त र स्थानीयले घटनाको विरोधमा पूर्वपश्चिम राजमार्गको शमसेरगञ्जमा प्रदर्शन गर्दै गाडी चल्न दिएका छैनन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us