माओवादी केन्द्रको अन्तर्राष्ट्रिय विभागको जिम्मेवारी नारायणकाजी श्रेष्ठलाई

काठमाण्डु टुडे २०७८ असोज २५ गते १०:०२ मा प्रकाशित

काठमाण्डु, २५ असोज– नेकपा (माओवादी केन्द्र)को अन्तर्राष्ट्रिय विभागको जिम्मेवारी नेता नारायणकाजी श्रेष्ठले पाएका छन्।

पछिल्लो समय पार्टीमा नेतृत्वको जिम्मेवारी बाँडफाँड तथा मन्त्रिपरिषद् विस्तारमा असन्तुष्टि जनाउँदै आएका श्रेष्ठलाई पार्टीले उक्त विभागको जिम्मेवारी दिएको हो।

यसअघि श्रेष्ठलाई पार्टीले प्रवास समन्वय विभागको जिम्मेवारी दिएको थियो।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us