अफगानिस्तानकाे मस्जिदमा आत्मघाती हमला, ५० जनाकाे मृत्यु

काठमाण्डु टुडे २०७८ असोज २३ गते ९:३५ मा प्रकाशित

काठमाण्डु, २३ असोज– एक जना आत्मघाती बम हमलाकारीले उत्तरी अफगानिस्तानको कुन्दुजमा रहेको एउटा मस्जिदमा प्रार्थनाको समयमा आक्रमण गर्दा कम्तीमा ५० जना मारिएको बीबीसीले जनाएको छ । त्यहाँ १०० जनाभन्दा बढी घाइते भएको बताइएको छ ।

सामाजिक सञ्जालमा राखिएका तस्बिरहरूमा कैयौं शवहरू र अल्पसङ्ख्यक सिया समुदायले प्रयोग गर्ने मस्जिदका भग्नावशेषहरू देखिन्छन् ।

हालसम्म कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन । इस्लामिक स्टेट सहितका सुन्नी मुसलमान उग्रवादीहरूले सिया समुदायलाई पाखण्डी ठान्दै निशाना साँध्ने गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us