पाकिस्तानमा ५ दशमलव ९ म्याग्नेच्यूडको भूकम्प, कम्तिमा २० जनाको मृत्यु

काठमाण्डु टुडे २०७८ असोज २१ गते १३:२४ मा प्रकाशित

काठमाण्डु, २१ असोज – पाकिस्तानको दक्षिण पश्चिमी प्रान्त बलोचिस्तानमा गएको शक्तिशाली भूकम्पका कारण कम्तिमा २० जना मारिएका छन् ।

स्थानीय अधिकारीहरुका अनुसार भग्नावशेष हटाउने र उद्धार गर्ने काम जारी छ । बिहीबार स्थानीय समयअनुसार बिहान ३ बजे ५ दशमलव ९ म्याग्नेच्यूडको भूकम्प गएको थियो । भूकम्पबाट सबैभन्दा धेरै क्षति हर्नाइ जिल्लामा भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us