काठमाण्डु, २० असोज – थप देशभर पछिल्लो २४ घण्टामा १०४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार १६५ पीसीआर परीक्षणमा ८४९ जना र ४,३०० एन्टिजेन परीक्षणमा १९४ जना गरी १०४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
सोही अवधिमा कोरोना भाइरस संक्रमणमक्त हुनेको संख्या ८९१ रहेको छ भने १२ जनाको मृत्यु भएको छ ।
हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १६ हजार १९४ जना रहेका छन् । जसमध्ये १४ हजार ९७५ जना होम आइसोलेसनमा र १२१९ जना संस्थागत आइसोलेसनमा छन् ।
पछिल्लो २४ घण्टामा काठमाडौंमा ३४४, ललितपुरमा ६१ र भक्तपुरमा ३५ जना संक्रमित भेटिएका छन् ।