धनुषाको पेट्रोल पम्पमा चोरी

काठमाण्डु टुडे २०७८ असोज १९ गते १२:११ मा प्रकाशित

धनुषा, १९ असोज – धनुषाको विदेह नगरपालिका– ७ बेलापट्टीस्थित रोशन ज्योती आयल स्टोर(पेट्रोल पम्प) मा गएराति लुटपाट भएको छ । लुटेराको समूहले नगद ६ लाख रुपैयाँ लुटपाट गरेको प्रहरीले बताएको छ ।

६ – ७ जनाको समूहमा आएका लुटेराको समूहले उक्त आयल स्टोरको ढोका फोडी आयल संचालक विदेह नगरपालिका – ८ बफही बस्ने ४० वर्षीय शम्भु साहलाई कुटपिट गरी काउण्टरमा रहेको ६ लाख नगद लुटी फरार भएको बताइएको छ ।

उक्त घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी गिद्दा एवं सिमानाकाहरुमा पर्ने प्रहरी इकाईहरुबाट खटिएको प्रहरीले लुटपाटमा संलग्न फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस विषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us